मनकामना केबलकार बुधबार र बिहीबार बन्द हुने

काठमाडौं । यही असोज १७ र १८ गते अर्थात बुधबार र बिहीबार कुरिनटारस्थित मनकामना केबलकार बन्द हुने भएको छ । केबल कारको नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दिनमा केबलबार सेवा बन्द हुने सूचना जारी गर्दै मनकामना केबलकार प्रालिले जनाएको हो ।

१९ गते शुक्रबारदेखि नियमित सेवा सञ्चालन हुने कम्पनीले जनाएको छ । केबलकार बन्द रहेको अवस्थामा पनि स्टेशनस्थित रेष्टुरेण्ट सेवा भने यथावत सञ्चालनमा रहने जनाइएको छ । कम्पनीले भनेको छ, ‘केबलकार सेवा बन्द भएको अवस्थामा दर्शनार्थीलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी चाहन्छौँ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×