काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर प्रतिस्पर्धा गर्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा हुने खेल नेपाली समय अनुसार राति पौने आठ बजेबाट सुरु हुनेछ।
यो खेलको विजेताले फाइनलमा गुजरात टाइटन्सको सामना गर्दा पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ। राजस्थान पहिलो क्वालिफायरमा गुजरातसँग पराजित भएको थियो भने बैंग्लोरले एलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो।
सन् २००८ को पहिलो संस्करण जिते यता फाइनल पुग्न नसकेको राजस्थान आज बैंग्लोरलाई पराजित गर्दै त्यो खडेरी तोड्न चाहन्छ। हालसम्म उपाधिविहीन बैंग्लोर आज राजस्थानलाई हराएर सन् २०१६ पछि फाइनल पुग्दै उपाधि सम्भावना कायमै राख्न चाहन्छ।
आजको विजेताले आइतबार गुजरातसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।