अबका निर्वाचन जनताका लागि विगतका गल्ती सच्चाउने अवसर : अध्यक्ष लिङ्देन

गोरखा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागी विगतका गल्ती सच्याउने अवसर भएको बताएका छन्। 

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उहाँले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे। आगामी वर्ष हुने तीनै तहको निर्वाचनमा सोचविचार पुर्याएर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे। 

“गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्”, उनले भने। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×