महाधिवेशन स्थलतर्फ अघि बढ्यो एमालेको र्‍याली

नेकपा (एमाले) को ११ औँ महाधिवेशन आजदेखि भक्तपुरमा सुरु हुँदैछ। महाधिवेशन स्थल भक्तपुरको सल्लाघारी चौरमा तोकिएको छ।

महाधिवेशन उद्घाटनका लागि देशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूले अहिले महाधिवेशन स्थलतर्फ र्‍याली निकालिरहेका छन्। विभिन्न क्षेत्रबाट निस्किएका र्‍यालीहरू सल्लाघारी चौरमा केन्द्रित हुँदै गएका छन्।

महाधिवेशन आज दिउँसो औपचारिक रूपमा उद्घाटन हुने कार्यक्रम रहेको छ। यसका लागि देशभरबाट हजारौँ प्रतिनिधि, पर्यवेक्षक तथा कार्यकर्ताहरू काठमाडौं उपत्यकामा भित्रिएका छन्। महाधिवेशन स्थलमा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिन थालेको छ।

एमालेको यस महाधिवेशनले आगामी नेतृत्व चयन र पार्टीको भावी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×