राजधानीको फोहोर उठ्न थाल्यो, एकैदिन १ सय ४३ ट्रक ल्याण्डफिल लगियो

काठमाडौँ - सुरक्षाकर्मीको सहयोगमा काठमाडौं महानगरपालिकाले आज बिहानबाट राजधानीको फोहोर बिसर्जन गरेको छ। गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो।

लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राइ सहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपुर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरु गरेको हो। कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा बिसर्जन गरेको जानकारी दिए।

स्थानीय अवरोधको कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन। विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राती फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपुर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपुर्ति असुल्ने जनाएपछि हाजबाट फोहोर व्यवस्थापन सुचारु भएको बताए। नेपाल समाचारपत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×