काठमाडौँ। समकालिन अवस्थाकी लोकप्रिय गायिका रचना रिमाल सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। एक पछी अर्को गीतको सफलताले उनले थुप्रै प्रशंसकहरू समेत कमाइसकेकी छिन्। सामाजिक सञ्जालमा मात्र उनलाई पछ्याउने प्रशंसकहरू ४ लाख भन्दा बढी रहेका छन्। उनी बिभिन्न महोत्सव तथा कन्सर्टहरुमा पनि देखिइरहन्छिन्। हालै उनले एक पोस्ट शेयर गर्दै आफ्नो सानो देखिको सपना पुरा भएको बताएकी छिन्। उनले आफ्नो सानै देखिको हेलिकप्टर चढ्ने रहर पुरा भएको बताएकी छिन्। उनले सञ्जालमा काठमाडौँबाट हेलिकप्टर चढेर गल्कोट महोत्सवमा आफ्नो प्रस्तुती दिन गाएको बताएकी छिन्।