यी हुन् माओवादी केन्द्रको केन्द्रीय विभागमा प्रतिनिधित्व गर्ने काभ्रेका नेताहरू

काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)ले गठन गरेको ३३ वटा विभागमा काभ्रेबाट १० जना परेका छन् । बुधबार पार्टीले सार्वजनिक गरेको विभिन्न विभागमा गरी काभ्रेका १० जना परेका हुन् ।

काभ्रेबाट प्रादेशिक मामिला बिभागमा वागमती प्रदेस सभा सदस्य तथा पार्टी केन्द्रिय प्रतिनिधि समेत रहेका रत्न ढकाल र काभ्रेका पुराना नेता भरत लामिछानेले सामान्य प्रशासन बिभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी सामान्य प्रशासन बिभाग उपेन्द्र श्रेष्ठ, कोष तथा आर्थिक ब्यबस्थापन बिभागमा कृष्ण तिमल्सिना, पर्यटन प्रबद्र्धन तथा नागरिक उड्यान बिभागमा तिलक लामा र प्रमोद बानियाँ, युवा तथा खेलकुद बिभागमा लेनिन बिष्ट, शहरी बिकास बिभागमा तेज पन्त, स्थानीय तह बिभागमा रेणुका चौंलागाईं र हरिबहादुर केसीले जिम्मेवारी पाएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्कुल विभागको जिम्मेवारी आफैसँग राखेर उपप्रमुखमा गिरिराजमणि पोखरेललाई ल्याएका छन् । कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभाग प्रमुख बनाइएको छ ।

अर्थ विभाग प्रमुखमा वर्षमान पुन अनन्त र उपप्रमुख विन्दमान विष्ट रहेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख वामदेव क्षेत्री बन्दा उपभोक्ता हित आपूर्ति विभागको प्रमुखको जिम्मा मात्रिका यादवलाई दिइएको छ ।

यस्तै हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभागको प्रमुख बनेका छन् भने कोष तथा आर्थिक विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय चयन भएका छन् ।

३२ वटै विभागले पूर्णता भने पाएका छैनन् । सदस्यहरु बाँकी राखेर विभाग गठन गरिएको छ । अध्यक्ष प्रचण्डले रिक्त पदमा मनोनित गर्नेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×