३ जनाले दिए शक्ति गौचनको क्रिकेट विभागबाट राजीनामा

काठमाडौँ - नेकपा एमालेको भ्रातृ संस्थाको रुपमा रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीको क्रिकेट विभागबाट ३ जनाले राजिनामा दिएका छन्।

शनिबार भएको भेलालले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनको संयोजकत्वमा रहेको क्रिकेट विभागलाई पूर्णता दिइएको थियो। तर उक्त समितिमा नेपाल क्रिकेट संघ क्यानबाट पारिश्रमिक बुझ्दै आएका कर्मचारी र अहिले पनि क्रिकेट खेल्दै आएका खेलाडीहरु समावेश गरिएका थिए।

सुरुमा क्रिकेट विकासका लागि संयोजक गौतमले कमिटीमा समावेश गरे पनि भित्रि उद्देश्य नेकपा एमालेको राजनीतिलाई केन्द्रमा राखिएको थाहा पाएपछि अलिहेसम्म ३ जनाले राजिनामा दिएका छन्।

जनकपुरका पिच क्युरेटर धर्मेन्द्र ठाकुर, खेलाडीहरु हरिशंकर साह र हसिम अन्सारीले राजीनामा दिएका हुन्। ठाकुरलाई उपप्रमुख बनाइएको थियो भने साह र अन्सारीलाई ३५ सदस्यीय कार्यसमितिमा सदस्यको जिम्मेवारी दिइएको थियो। उनीहरुले छुट्टा छुट्टै पत्रमार्फत आफूहरु मदन भण्डारी स्पोर्टस  एकेडेमीको क्रिकेट विभागमा नरहेको जानकारी गराएका हुन्। 

उप-प्रमुख ठाकुरले क्रिकेट विकासका लागि आफू सुरुमा त्यहाँ बसेको बताए। तर ,एकेडेमी नै राजनीतिक पार्टीको भएकाले अब बस्न नस्कने प्रष्ट पारेका छन्। उनले  भने ‘म नेपाल क्रिकेट संघ क्यानबाट पारिश्रमिक लिने कर्मचारी हुँ। यसरी पार्टीको कुनै पनि संगठनमा बस्न मिल्दैन।’  

यसैगरी अर्का खेलाडी अन्सारीले अहिले पनि आफू क्रिकेट खेलिरहेकोले आफू अझैं राष्ट्रका लागि खेल्ने प्रष्ट पार्दै कुनै संस्थामा नजोडिने बताएका छन्।

उनले भने ‘क्रिकेट विकासका लागि भनेर हाम्रा रोलमोडल शक्ति गौचनले भने पछि कमिटीमा बसेको हुँ। तर,पछि यो एकेडेमी नेकपा एमालेको भन्ने थाहा पाएँ। म कुनै पनि पार्टीको सदस्य होइन। म खेलाडी भएकाले देशको खेलाडी बन्नका लागि पनि म त्यो कमिटीमा रहन मिल्दैन।’  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×