कांग्रेस अधिवेशन : भोजपुरको प्रदेशसभा ‘क’ मा बस्नेत र ‘ख’ मा खुलाल सभापतिमा निर्वाचित

भोजपुर। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत यहाँको प्रदेशसभा ‘क’ र ‘ख’को नेतृत्व चयन भएको छ ।

निर्वाचन अन्तर्गत प्रदेश ‘ख’का सभापति पदमा मदन खुलाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई चयन भएका छन् ।

प्रदेशसभा ‘क’ मा भने निर्वाचनमामार्फत नेतृत्व चयन गरिएको हो । ‘क’ को सभापतिमा सरोज बस्तेन निर्वाचित भएका छन् । जिल्ला सभापतिमा भने तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । हालका सभापति नन्दमणि राई, विनोद बान्तवा र बालकृष्ण थापाले सो पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×