क्रोएसिया घरेलु मैदानमै पराजित

काठमाडाैँ - शुक्रबार राति भएको अर्को खेलमा क्रोएसियाले घरेलु मैदानमा अस्ट्रियासँग ३–० को हार व्यहाेरेकाे छ।

अस्ट्रियाको जितमा मार्को एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले १/१ गोल गरे। ४१औं मिनेटमा मार्कोले करिम ओनिसिओले पासमा गोल गर्दै अस्ट्रियालाई सुरुआती अग्रता दिलाएका थिए। ५४औं मिनेटमा माइकल ग्रेगोरेट्सले गोल गर्दै अग्रता दोब्बर बनाए।

५७औं मिनेटमा मार्सेलले गोल गरेपछि अस्ट्रिया ३–० ले अघि बढेकाे थियाे। त्यसपछि थप गोल निस्किँदा नसक्दा क्रोएसिया ३–० ले पराजित हुन पुगेकाे हाे। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×