पाल्पाको बराङ्गदी खोलामा जीप खस्दा ६ जनाको मृत्यु

पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जीप बैकुण्ठ पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको ज्यान गएको छ ।
एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिएका छन् । बागमति प्रदेश ७२०९ नम्बरको स्कारपियोमा सात जना सवार थिए ।

जीप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइ नसकेको प्रहरीले बताएको छ। घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथै जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×