टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ - बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ। 

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने टिप्पर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। दुर्घटनामाथि आवश्यक अनुसन्धान हुने रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×