रायन गिग्सले दिए वेल्सको मुख्य प्रशिक्षकबाट राजीनामा

काठमाडौँ - वेल्स फुटबल टोलीका मुख्य प्रशिक्षक रायन गिग्सले राजीनामा दिएका छन्। सन् २०२० को नेभेम्बरदेखि नै आफ्नो भूमिकाबाट बाहिर रहेका रायनले सोमबार मात्रै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्।

आफ्नी पूर्वप्रेमिकालाई आक्रमण गरेको आरोपमा रायनलाई नियन्त्रणमा लिइएको थियो। तर, उनले त्यसलाई अस्वीकार गर्दै आइरहेका छन्।

रायनको अनुपस्थितिमा रोबर्ट पेजले टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्। पेजको प्रशिक्षणमा वेल्सले १९५८ पछि अहिले विश्वकपमा स्थान बनाउन सफल भएको छ। 

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रायन २०१८ मा वेल्सको मुख्य प्रशिक्षक चयन भएका थिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×