काठमाडौँ । केहि दिन अघि सबै जना उमेद्वार भए आफूले राजनीतिबाट सन्यास लिने अभिव्यक्ति दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनमा उमेद्वारी नदिने भएका छन् । आफूले उमेद्वारी नदिने भएपनि राजनीतिबाट सन्यास भने नलिने उनले प्रष्ट पारेका छन् । आज बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उमेद्वारी नदिने घोषणा गरेका थिए ।
आफ्नो पक्षबाट एक मात्र सभापतिको उमेद्वारमा उभ्याउन नसक्दा उनी आफू पछि हट्ने निर्णयमा पुगेका थिए । उनका लागि शेखर र शशांक कोइरालाले आफ्नो उमेद्वारीको दाबी छोड्न तयार भए पनि प्रकाशमान सिंह पछि नहटी दिनाले पौडेल आफै पछि हटेका हुन् ।
छलफलमा सहभागी एक नेताले पौडेलको भनाइ जस्ताको तस्तै राख्दै भने,” एक जना मात्रै उम्मेदवार नहुने भएपछि मैले उम्मेदवारी दिन्नँ। राजनीतिबाट पनि सन्यास लिन्नँ ।”
उनी शुक्रबारकै उद्घाटन समारोहमा सहभागिता नजनाउने तयारीमा थिए तर नेताहरुको अनुरोधलाई स्वीकार गर्दै उनी सहभागी भएका हुन् ।