सम्बन्धित निकायको बेवास्ता; मेलम्ची खानेपानी आयोजना अलपत्र

काठमाडौँ । गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै छ।

सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकावासीका धारामा खसाल्ने बताए पनि पुरिएका संरचनाको पुनःनिर्माणमा भने सम्बन्धित निकायको चासो गएको छैन। गत असार १ गतेको बाढीका कारण फेरि अनिश्चित बनेको मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकारको ध्यान गएको पाइँदैन। दैनिक १७ करोड लिटर पानी काठमाडौँ लैजाने गरी सुरु भएको काम पूर्णरूपमा सम्पन्न नहुँदै गेग्रानभित्र पुरिएको थियो।

हेलम्बु गाउँपालिकाले आयोजनाको बाँधस्थलसम्म अस्थायी बाटो निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य कुनै काम सुरु हुनसकेको छैन, जसले वैशाखभित्र काठमाडौँका धारामा पुनः पानी खसाल्ने सरकारी योजना पूरा नहुने देखिएको गाउँपालिकाका अध्यक्ष निमाग्यालजेन शेर्पा बताउँछन्। आयोजनाको बाँधस्थलमा १५ मिटर अग्लो गेग्रान थुप्रिएको छ भने पानी नियन्त्रणका लागि बनाइएका संरचना बगरभित्र हराएका छन्। आ

योजनाबाट प्रभावित स्थानीय तहसँग अहिलेसम्म समन्वय नभएको र आयोजनास्थलमा कुनै कामको सुरुआत नहुनुले पनि सरकारले तोकेको समयमै पानी काठमाडौँ जान्छ भन्ने विश्वास गर्न सकिने आधार नभएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको भनाइ छ। असार १ गतेकै बाढीका कारण मेलम्ची आयोजनाको दोस्रो चरणको याङरी, लार्केको कामसमेत अलपत्र अवस्थामा छ। याङ्रीखोला थुनिएर आएको बाढीले निर्माणाधीन पक्की पुल, सडकलगायत आयोजनाको मुहानस्थलसम्मको पहुँचमार्ग बगाएको छ भने निर्माण सामग्री बेवारिसे अवस्थामा छन्।

याङरीखोलाको बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको याङ्री, लार्के खानेपानी स्थानीय सरोकार समितिका अध्यक्ष गोपाल स्याङवो बताउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×