फिल्म ‘डिसेम्बर फल्स’ को नयाँ गीत ‘फकाउनै जानिँन…’ सार्वजनिक

काठमाडौँ - पुस १५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘डिसेम्बर फल्स’ को नयाँ गीत ‘फकाउनै जानिँन…’ सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित एक समारोहमा लोकलयमा आधारित उक्त गीत सार्वजनिक गरिएको हो। दीपक शर्माको शब्द तथा संगीतको उक्त गीतमा निशान भट्टराई र मेलिना राईको स्वर रहेको छ।

भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको उक्त गीतमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई प्र्रस्तुत गरिएको छ। रामजी लामिछानेद्वारा कोरियोग्राफी गरिएको उक्त गीतमा उनीहरुको केमेस्ट्री आकर्षक देखिएको छ।

अभिनेता आर्यन सिग्देलले सार्वजनिक गीतलाई आफ्नो करियरको उत्कृष्ट मध्येको एक भन्दै दर्शकले लभस्टोरी फिल्ममा आफूलाई मन पराएकाले ‘डिसेम्बर फल्स’ मा पनि दर्शकले त्यही स्वाद पाउने बताएका छन्।

यो फिल्ममा आर्यन र उपासनासंगै सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय रहेको छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन्। विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्म्सले वितरण गर्दैछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×