काठमाडौ- बैशाख ३१ गते ‘कालीप्रसाद बास्कोटा लाइभ’ कन्सर्ट हुने भएको छ। दरबारमार्गको क्लब प्लाटिनममा हुने कन्सर्टमा गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बास्कोटाले प्रस्तुति दिनेछन्।
‘कालीप्रसाद बास्कोटा लाइभ’ को प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पिभिई) नेटवर्क हो। पिभिई नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउन्ड, एलइडी स्क्रिनमा बास्कोटाले प्रस्तुति दिनेछन्। कार्यक्रममा अन्य कलाकारहरूको नृत्य पनि प्रस्तुति हुने कुरा उल्लेख गरिएको छ।
कोरोना महामारीपछि काठमाडौंमा पहिलो प्रस्तुति दिन पाउँदा बास्कोटाले खुशी व्यक्त गरेका छन्। उनका गीत ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ 'इन्श्टाको फोटो' लगायत लोकप्रिय छन्। भने उनी रियालिटि सो नेपाल आइडल र सा रे ग म प लिटिल च्यापमा निर्णायको रुपमा पनि रहदै आएका छन्।