काठमाडौँ - रिलिजको एक महिनाअघि वार्नर ब्रोजले आफ्नो एउटा फिल्म हार्ड डिस्कमा थन्क्याउने निर्णय गरेको छ।
अनुमानित ७० मिलियन अमेरिकी डलर खर्च भएको फिल्म अन्तिम समय प्रदर्शन हुनबाट रोकिएको हो। न्युयोर्क पोस्टका अनुसार रिलिज अघि हुने ‘टेस्ट स्क्रिनिङ’मा फिल्मले कमजोर प्रतिक्रिया पाएपछि निर्माण कम्पनी वार्नर ब्रोजले यो फिल्म कतै पनि रिलिज नगर्ने निर्णय गरेको हो।
फिल्म आउँदो महिना हलमा र यसको केही समयमा एचबीओ म्याक्समा आउने तालिका रहेको थियो। ग्लास्गोमा खिचिएको फिल्मले त्यहाँ पर्यटनले भने फाइदा पुर्याएको दाबी गरिएको छ।
फिल्म डीसी कमिकको बारबारा गोर्डनमा आधारित रहेको थियो। फिल्ममा ब्याटगर्लको भूमिका लेसली ग्रेसले निर्वाह गरेकी थिइन्।