बाबर र रिजवान चम्कदा पाकिस्तानको सानदार जित

काठमाडौँ - कप्तान बाबर आजम र मोहम्मद रिजवान चम्कदा पाकिस्तानले त्रिकोणात्मक टि-२० आई सिरिजमा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। पाकिस्तानका बाबर आजमले ४० बलमा ९ चौकासहित ५५ रन बनाएका थिए। मोहम्मद रिजवानले ५६ बलमा ४ चौकासहित सर्वाधिक ६९ रन बनाएका थिए।

पहिलो विकेटका लागि रिजवान र बाबरले १२.३ ओभरमा १ सय १ रनको शतकीय साझेदारी जितको आधार तय गरेका थिए। मोहम्मद नवाजले २० बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे। बंगलादेशका हसन मोहम्मदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए। सौम्य सकारले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो। बंगलादेशका लिटन दासले ४२ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक सर्वाधिक ६९ रन बनाएका थिए। कप्तान सकिब अल हसनले ४२ बलमा ७ चौका र ३ छक्कासहित ६८ रनको योगदान दिएका थिए।

तेस्रो विकेटका लागि दास र हसनले ८८ रनको साझेदारी गरेका थिए। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका नसिम शाहले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। मोहम्मद वासिम जुनियरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिएका थिए।

फाइनलमा न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। ४ खेलमा समान ६ अंक भएपनि न्युजिल्यान्ड नेटरनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ। बंगलादेश भने जित विहीन हुँदै बाहिरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×