जर्जियो चिलिनी अमेरिकी क्लब लस एन्जलस एफसीमा अनुबन्धित

काठमाडौँ - इटालीका पूर्व डिफेन्डर तथा कप्तान जर्जियो चिलिनी अमेरिकी क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन्। मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलसले साजिक संजालबाट चिलिनीलाई अनुबन्ध गरिएको जनाएको हो।

सिजनको अन्त्यसँगै इटालियन सिरी ‘ए’ युभेन्ट्स छाडेका चिलिनीलाई लस एन्जलसले फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो। ३७ वर्षीय जर्जियो चिलिनीले १७ वर्षपछि युभेन्ट्स छाडेका हुन्। चिलिनीले युभेन्ट्सका लागि नौ सिरी ए र पाँच कोपा इटालिया जितेका छन्।

चिलिनी २००५ मा फियोरेन्टिनाबाट युभेन्ट्स आएका थिए। उनले अन्तराष्ट्रिय फुटबलबाट भने सन्न्‍यासको घोषणा गरिसकेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×