'कमेडी च्याम्पियन'का निर्देशक विशाल भण्डारीले फिल्म बनाउने

काठमाडौँ - स्ट्यान्ड-अप कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' टिमले फिल्म निर्माण गर्ने भएको छ।

यो फिल्मलाई ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले निर्देशन गर्नेछन्। ओम प्रकाश अग्रवालको लगानी रहने फिल्मको कथा यम थापाले तयार पार्नेछन्। बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच सम्झौता भएको हो।

थ्री प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने फिल्मका लागि कलाकारहरू भने तय गरिएको छैन। फिल्मको नामका विषयमा पनि छलफल भइरहेको छ।

केही दिनपछि एक कार्यक्रममार्फत फिल्मको नाम र कलाकार बारे जानकारी दिने निर्माता अग्रवालले जानकारी दिएका छन्। यो फिल्म आगामी वर्षको दसैंमा प्रदर्शन गर्न निर्माण टिमको योजना रहेको छ।

भण्डारीले योभन्दा अगाडि ‘कोहलपुर एक्प्रेस’ निर्देशन गरेका थिए। तर फिल्म भने फ्लप भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×