लोकतन्त्रको स्थायित्वका लागि एमाले-काँग्रेसको सत्ता सहकार्य भयो: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गरे । ´राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुँदैगयाे ।’

महासचिव पोखरेलले भने, ‘त्यसको अन्त्य गर्न चुनावी संबिधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो ।’ महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संबैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संबिधान संशोधन गरिने बताए ।

सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको बताए ।

गृहजिल्ला दाङ आएका पाेखरेल दुईदिन यहाँ बस्ने कार्यक्रम छ। जिल्लामा हुन लागि रहेका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि उनी दाङ आएका हुन् । पोख्रेलले यहाँका नेता, कार्यकर्ता, शुभेच्छुकहरु र विभिन्न अहोदामा रहेका व्यक्तिहरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×