चीनमा हुने एसियाडको नयाँ मिति तोकियो

काठमाडौँ - कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ।

ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ।

यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुन: कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित गरिएको थियो।

नेपालमा पनि एसियाडका लागि खेलाडी छनोट तथा प्रशिक्षण जारी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×