'सम्झौता पारित गर्न अब कुनै ढिलाइ हुँदैन'

काठमाडौँ - प्रधानमन्त्री तथा सत्तासिन दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमसिसी सम्झौता पारित गर्न अब कत्त पनि ढिलाइ गर्न नहुने बताएका छन्।

देउवाको भनाइलाई उद्धृत गर्दै कांग्रेसका एक नेताले भने,  'प्रधानमन्त्रीजीले अब ढिलाइ गर्न हुन्न भनेपछि आजै पारित गर्ने निर्णय भयो।' वि.सं. २०७६ असार ३० गते प्रतिनिधिसभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको थियो। तर पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो। तर सत्ता गठबन्धन आबद्ध दलहरु व्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित गर्न सहमत भएपछि आजैको बैठकले एमसिसी पारित गर्न लागेको हो। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने एमसिसीका विषयमा पार्टीमा विस्तृत छलफल गर्नुपर्ने बताउँदै आजै पारित नगरिहाल्न प्रस्ताव राखेका छन्। तर, अध्यक्ष नेपालो प्रस्तावलाई अस्वीकार गर्दै प्रधानमन्त्री देउवाले भने आजकै दोस्रो बैठकमा सम्झौता पास गर्न ढिलाइ नहुने निर्णय गरेका हुन्। 

प्रतिनिधिसभाको आजको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×