काठमाडौँ - गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘रानी’ सार्वजनिक भएको छ। दाहाल सन्तोष शब्द तथा विकास चौधरीको संगीत रहेको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन्। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन्।
सुजन श्रेष्ठको छायांकन, युवराज खत्री सम्पादन र प्रविन थापाको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा एलिना चौहान, उषा उप्रेती र दाहाल सन्तोषको अभिनय देख्न सकिन्छ।
हेर्नुहोस् भिडियो