कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोट – रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

नगरप्रमुखमा धर्मराज शाही ३ हजार ४७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत पाए।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल निर्वाचित भएका छन्। बरालले २ हजार ८०९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत पाए। रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×