'लाइभ म्युजिक इभेन्ट' लिएर आउँदैछन् गायक चापागाईं

काठमाडौँ - गायक सुजन चापागाईंको एकल लाइभ म्युजिकल इभेन्ट हुने भएको छ। आर्टमान्डुको आयोजना तथा पीआरभी इन्टरटेन्मेन्टको सहकार्यमा आउँदो शनिबार ललितपुरको पाटन संग्राहलयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन्। 

'तीनपाते', 'बाफ' र 'घुमीघुमी'जस्ता गीतबाट लोकप्रिय बनेका सुजनको यो पहिलो लाइभ म्युजिक इभेन्ट हो। शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनले लाइभ प्रस्तुति दिने आयोजकले जनाएको छ। 

सुजनले झलकमान गन्धर्वका २ वटा गीत पनि गाउनेछन्। गायिकाद्वय शान्तिश्री परियार र विद्या तिवारीले साथ दिने सांगीतिक शोमा १३ जना वाद्यवादक रहनेछन्।

कोभिड सुरु भएयता लाइभ म्युजिक इभेन्ट पातलिएका थिए। ‘अब त्यो माहोललाई पुनः जागृत गर्न गुणस्तरीय सांगीतिक कार्यक्रम आयोजना गरेका हौं,’ आयोजक नवीन चौहानले बताएका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×