इगा स्विटेक युएस ओपनकाे चाैथाे चरणमा

काठमाडौँ - विश्व नम्बर एक इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे महिलातर्फ चाैथाे चरणमा प्रवेश गरेकी छिन्। पाेल्याण्डकी स्विटेक आज बिहान सम्पन्न खेलमा अमेरिकाकी लरेन डेभिसलाई २-० काे साेझाे सेटमा पाराजित गर्दै चाैथाे चरण प्रवेश गरेकी हुन्।

आर्थर एस स्टेडियममा स्विटेकले खेल ६-३ र ६-४ ले आफ्नो पक्षमा पारिन्। अब उनले चाैथाे चरणमा जर्मनीकी जुल निमेयरसँग प्रतिस्पर्धा गर्नेछिन्। नियेमर चीनकी छिङवाङ्ग  झेङलाई ६-४ र ७-६ (७-५) हराउँदै चाैथाे चरणमा प्रवेश गरेकी हुन्।

त्य‌स्त‌ै, पुरूषतर्फ विश्व नम्बर २ राफेल नाडालले पनि चाैथाे चरणमा स्थान सुरक्षित गरेका छन्। स्पेनका नाडालले आज बिहान फ्रेन्च खेलाडी रिचर्ड गास्केटलाई ३-० काे साेझाे सेटमा हराउँदै चाैथाे चरणमा स्थान सुरक्षित गरेका हुन्।

नाडालले आर्थर एस स्टेडियममा खेल ६-०, ६-१ र ७-५ ले आफ्नो पक्षमा पारेका छन्। अब नाडालले चाैथाे चरणमा अमेरिकाका फान्सिस टाइफाेइकाे सामान गर्नेछन्। टाइफाेइ अर्जेन्टिनाका डिएगाे स्वार्टजम्यानलाई ७-६ (९-७), ६-४ र-६-४ ले पराजित गर्दै चा‌ैथाे चरण प्रवेश गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×