दीपकराज गिरीप्रति शर्मिला पाण्डेको आक्रोश

काठमाडौँ - निर्माता समेत रहेका कलाकार दीपकराज गिरीले छायांकनका क्रममा रहेको आफ्नो फिल्म ‘छक्का पन्जा ४’ आगामी फागुन १९ मा रिलिज गर्ने घोषणा गरेका छन्। यस अघिनै ‘परस्त्री’, ‘बर एन्ड बधु’ तथा ‘बुलाकी’ले प्रदर्शनका लागि फागुन १९ लाई लक गरिसकेका थिए।

३ फिल्म एकै दिन रिलिज तय हुँदासम्म मौन रहेकी निर्मात्री शर्मिला पाण्डे गिरीको ‘छक्का पन्जा ४’ले सोही मितिमा प्रदर्शन तय गरेपछि भने आक्रोशित देखिएकी छिन्। ‘परस्त्री’की निर्मात्री पाण्डेले सबैभन्दा पहिले फागुन १९ मा फिल्म प्रदर्शनको घोषणा आफूले गरेको भन्दै यहि मितिमा आउने तय गरेका अन्य फिल्मका कारण आफू हतोत्साही भएको बताएकी छिन्।

आफूले तय गरेको मितिमा अरु फिल्मले पनि लगातार रिलिज घोषणाले  फिल्म उद्योगलाई नै धरासायी बनाउने उनको तर्क रहेको छ। उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘हामी हाम्रो फिल्मलाई तोकिएकै मितिमा रिलिज गर्ने जानकारी गराउँछौँ।’

गिरीले रिलिज मिति तय गर्नुलाई पाण्डेले बलमिच्याँइ समेत भनेकी छिन्। उनले फिल्म प्रदर्शनमा भएको यो बलमिच्याँइलाई विकास बोर्डले उचित व्यवस्थापन गर्ने समेत अपेक्षा गरेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×