ओपनरमा नयाँ प्रयोग हुने सम्भावना

काठमाडौँ - आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले अमेरिकामा पहिलो पटक सिरिज खेल्ने तयारीमा छ। प्रतियोगिताका लागि नेपाली टिमले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ। तर नेपाली टिममा दुई जना ओपनर घाइते हुँदा ओमानविरुद्धको खेलमा टिमले नयाँ प्रयोग गर्ने देखिएको छ।

दुई जना ओपनर घाइते भएपनि अन्तिम समयमा सुवास खकुरेललाई अमेरिका झिकाएको टिमले उनलाई नै ओपनरका रुपमा पहिलो खेलमा प्रयोग गर्ने संभावना रहेको छ। टिमका प्रशिक्षक पुबुदु दशानायकेले आशिफ शेख घाइते भएपछि विकेटकिपरका रुपमा विनोद भण्डारीमात्र रहेकाले अर्को विकेटकिपरका लागि सुवासलाई बोलाएको बताएका छन्।

साथै उनले सुवासले पहिलो दिनको प्रशिक्षणमा राम्रो टचमा देखिएको आशिफ र कुशल भुर्तेल फिट हुने प्रयासमा हरेको बताएका हुन्। तर उनले दुबै जना खेल्न सक्छन वा सक्दैनन् भन्ने कुरामा प्रष्ट नभएको बताएका छन्। 

सुवास खकुरेल अमेरिका पुगेको अर्को दिन नै प्रशिक्षणमा सामेल भएका थिए। पुबुदुले सुवास र सुनिल धमलालाई जोडीका रुपमा नेट सेसनमा अभ्यास गराएका थिए। नेपाली अल स्टार्सविरुद्धको पहिलो अभ्यास खेलमा घुँडामा चोट बोकेका आशिफको फिटनेस टेष्ट भइरहेको छ।

उनी अझै पुर्ण रुपमा ठिक भइसकेका छैनन्। पुबुदुले आफ्नो चिन्ता ओपनरका बारेमा रहेको भएपनि अहिले चार जना ओपनर टिममा हुँदा केहि राहत भएको बताएका छन्। साथै उनले मध्यक्रमका खेलाडीका लागि भने कुनै चिन्ता नभएको र मौसा क्रिकेट मैदानमा नेपाली बलरले राम्रो गर्नेमा आशावादी रहेको धारणा रोखेका छन्। 

नेपालले अमेरिकामा दुई वटा अभ्यास खेल खेल्दा दुबै खेलमा ओपनर खासै चल्न सकेका थिएनन्। दुबै खेलमा ओपनर कुशल भर्तेल सस्तैमा आउट भएका थिए। त्यसमा पनि दोस्रो खेलमा फिल्डिङका क्रममा उनले चोट बोक्न पुगेका थिए।

ओमानविरुद्धको खेलमा ओपनर परिवर्तन भएपनि तेस्रो स्थानमा देब खनाल आउनेछन भने चौथोमा रोहित पौडेल, पाँचौंमा दिपेन्द्रसिंह ऐरी आउनेछन। 

लिग टु मा नेपाली टिमका लागि यो सिरिज निकै महत्वपुर्ण रहेको छ। यो खेलमा चार खेलमा चारैमा जित निकाल्न सकेको खण्डमा टिमका लागि पनि शिर्ष तीनको बाटो खुल्ला हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×