नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने

काठमाडौँ - नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ। ईलाममा आयोजना हुने तालिम असार ३१ देखी साउन १ गतेसम्म चल्नेछ।

तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन्। अध्यक्षका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने र नेपाली नागरिकता अनिवार्य गरिएको छ।

नेकोस राष्ट्रिय क्रिकेट संघले २ हप्ता अगाडी एक पत्रकार सम्मेलन मार्फत आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो। संघको बार्षिक कार्यक्रम अन्तर्गतनै यो तालिम आयोजना हुने भएको हो।

नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गर्ने यस तालिमलाई नेपाल क्रिकेट संघ क्यानले मान्यता दिएको छ। तालिमको ब्यवस्थापकमा इलाम जिल्ला क्रिकेट संघ रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×