तम्घासमा कोरोना परीक्षण प्रयोगशाला बन्द

गुल्मी- तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ। सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो। 

कोरोना माहामारीको सुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए। खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए। विसं २०७७ असोज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो।  

उक्त अवधिमा रु ७१ लाख खर्च भएको थियो । सङ्घीय सरकारले रु १५ लाख तथा जिल्लाका स्थानीय तहले रु ५६ लाख प्रदान गरेका थिए। प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा रु एक करोड ९७ हजार खर्च भएको अस्पतालले जनाएको छ। प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पिसिआर परीक्षण गर्न सकिएको छै । कोभिड–१९ का सम्भावित बिरामीको जिल्ला अस्पतालमै एन्टिजेन परीक्षण गरिँदै आएको छ । रु ४० लाख जुटाउनसके प्रयागशाला नियमितरुपमा प्रयोगमा ल्याउन सकिने अस्पतालले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×