पोखरा - गायिका समीक्षा अधिकारीले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएकी छन्। उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन्। प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन्। उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो।
जाहेरी लगत्तै उनले मेडिकल चेकअप गराएकी छन। एउटा म्युजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ। १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन्।