काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ ।
निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ५९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ५९० को मृत्यु भएको हो।
त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ५३ हजार ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २६ करोड ८० लाख ६३ हजार १४६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २४ करोड १२ लाख ६१ हजार २३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५२ लाख ०४ हजार ५०७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५४७ को ज्यान गएको छ । ६ हजार २३९ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २३ हजार ३५७ जनामा संक्रमण भइसकेको छ ।
त्यस्तै, ८ लाख ५ हजार ५७१ जना संक्रमित निको भइसकेका छन् ।