नेपाल र केन्याबीचको चौथो अन्तर्राष्ट्रिय टि-२० खेल आज हुँदै

काठमाडौँ - नेपाल र केन्याबीच आज चौथो अन्तर्राष्ट्रिय टि-२० खेल हुँदैछ। केन्या भ्रमणमा रहेको नेपाल आज १ खेल अगावै शृंखला जित्ने लक्ष्यमा रहनेछ। ५ खेलको शृंखलामा नेपाल २-१ ले अघि रहेको छ।

शृंखलाको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी हुँदा दोस्रो खेल केन्याले १८ रनले जितेको थियो। तेस्रो खेलमा भने नेपाल ४ विकेटले विजयी भएको थियो।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजेबाट सुरू हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×