देवकोटा एमाले सुर्खेतको अध्यक्ष निर्वाचित

काठमाडौं । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । आइतबार मध्यराति सम्पन्न मतगणना अनुसार निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गर्दै देवकोटा निर्वाचित भएका हुन् ।

खसेको कुल ४९५ मतमध्ये देवकोटाले ३५१ मत पाए भने बिसीले १३२ मत पाए । देवकोटा यसअघि जिल्ला उपाध्यक्ष समेत थिए । पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएको छ । यामलाल कँडेल र गोरख बोगटी– नवराज रावत समूहले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ।

उपाध्यक्षमा कँडेल समूहकै मोहनसिं बडुवाल ३४६ मतसहित निर्वाचित भएका छन् । सचिवमा डम्बर तिवारी, उप–सचिव खुलामा टिकाराम सोमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् । सदस्यहरूको मतगणना भने जारी छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×