जंगीअड्डामा जेनजी प्रतिनिधिहरुसँग छलफल, रक्षा बम बाहिरिइन्

२५ भदौ, काठमाडौं – जेनजी आन्दोलनको तर्फबाट जंगीअड्डामा पुगेका युवामध्ये रक्षा बम छलफलबाट बाहिरिएकी छन्। उनका अनुसार छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध जान थालेपछि आफूसहित केही साथीहरू बाहिरिएका हुन्।

रक्षा बमले जेनजी आन्दोलन कुनै एकल नेतृत्वमा नभई विभिन्न समूहहरूको सहकार्यमा अघि बढिरहेको बताइन्। उनले भनिन्, “हामी सबै ७७ जिल्लाका प्रदर्शनकारी प्रतिनिधिहरू एउटै दस्तावेजमा काम गरेर मात्र राष्ट्रपतिसहित सेनाप्रमुख समक्ष माग प्रस्तुत गर्ने सहमतिमा बाहिरिएका हौं।”

उनले तत्काल वार्ताभन्दा पनि मागहरू व्यवस्थित गर्ने समय आवश्यक रहेको स्पष्ट पारिन्। हाल जंगीअड्डामा अन्य जेनजी प्रतिनिधिहरू छलफलमै छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×