काठमाडौँ - फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार घाना पुगेको छ।
विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड ट्रेजेगुएट पनि घानामा आएका छन्। घाना फुटबल संघ (जीएफए) का अध्यक्ष कर्ट ओक्राकुले घानाको भूमिमा ट्रफी आइपुगेकोमा खुशी व्यक्त गर्दै भने, 'म अत्यन्त ऊर्जावान र उत्प्रेरित छु र मलाई लाग्छ कि यो प्रेरणा हाम्रो फुटबल टोलीमा प्रवेश गर्नेछ।'
ट्रफी टूरले फुटबल प्रशंसकहरूलाई फुटबलमा सबैभन्दा प्रतिष्ठित प्रतीक हेर्न र विश्वको सबैभन्दा ठूलो, सबैभन्दा प्रत्याशित खेल घटनाहरूमध्ये एकको वास्तविक जादूको अनुभव गर्न आमन्त्रित गरेको छ।
सन् २०२२ मा कतारमा नोभेम्बर र डिसेम्बरमा आयोजना हुने फिफा विश्वकपमा भाग लिने ५ अफ्रिकी मुलुकमध्ये घाना पनि एक हो।