काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (बुधबार) एक खेल हुँदैछ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि सुरु हुँदैछ ।
जारी आईपीएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार व्यहोरेको छ । प्लेअफमा पुग्नका लागि दिल्लीले अब लगभग सबै खेल जित्नुपर्ने अवस्था रहेको छ । त्यसैगरी गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ८ खेल मध्ये ४ खेल जितेको छ भने ४ खेलमा हार व्यहोरेको छ ।