भारत। बलिउड अभिनेत्री कंगना रनौतको आउँदो चलचित्र 'धाकड' को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र मे २७ (जेठ १३ गते) प्रदर्शनमा आउने भएको हो।
अभिनेत्री कंगनाले चलचित्र पोस्टर सामाजिक सञ्जालमा शेयर गदैँ प्रदर्शन मितिबारे बताएकी हुन्। पोस्टरमा उनले लेखेकी छिन् "एजेन्ट अग्नि' तीव्र रुपमा आउँदैछ, जो कहिले रोकिनेछैन्।" चलचित्रमा कंगना एक एजेन्टको भूमिकामा देखिदैँछिन्। हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रमा रजनीश घईको निर्देशन रहेको छ भने अर्जुन रामपाल, दिव्या दत्त आदि कलाकारहरुको अभिनय रहेको छ।