चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा ३ जनाको निधन

काठमाडौँ - काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको निधन भएको छ। नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले बताए।

वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पुरेर निधन हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र वर्ष ढेड वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन्। खोजी कार्य अझै जारी रहेको तामाङले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×