'अमेजन प्राइम भिडियो'ले कतिमा किन्यो अल्लू अर्जूनको 'पुष्पा?

भारत। दक्षिण भारतीय कलाकार अल्लू अर्जून र अभिनेत्री रश्मिका मन्दानाको चलचित्र ‘पुष्पा’ ओटीटी प्लेटफर्म 'अमेजन प्राइम भिडियो'मा हेर्न पाइने भएको छ। चलचित्रलाई अमेजनले  २२ करोड रुपैंयाँमा खरिद गरेको हो। सुकुमारको निर्देशनमा बनेको चलचित्रले बक्सअफिसमा पनि राम्रो कमाई गरेको छ। चलचित्रले हालसम्म ३ सय करोड बढीको कमाई गरिसकेको छ। चन्दनको काठ तस्करीको कथा बोकेको चलचित्र दुई भागमा प्रदर्शन गरिनेछ। चलचित्रको दोस्रो भागको पनि छायांकन सकिइसकेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×