अभिषेक बच्चनको ‘दसवी’को ट्रेलर सार्वजनिक

काठमाडौँ – बलिउड अभिनेता अभिषेक बच्चन स्टाटर फिल्म ‘दसवीं’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो। 

फिल्ममा १० कक्षा पास नभएको एक राजनितिज्ञको कथालाई समेटिएको छ। फिल्ममा उक्त राजनीतिज्ञले कक्षा १० पास गर्नका निम्ति गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।  तुसार जलोटाको निर्देशनमा बनेको फिल्ममा अभिषेकसँगै यामी गौतम र नम्रता कौर मुख्य भूमिकामा रहेका छन्। फिल्म नेटफ्लिक्सबाट ७ अप्रिलमा रिलिज हुनेछ।

फिल्मलाई म्याडलक फिल्म्सको ब्यानरमा दिनेश भिजनले बनाएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×