काठमाडौँ - चर्चित हलिउड सिरिज ‘ह्यारी पोर्टर’की लेखिका जेके रोलिङलाई पनि ज्यान मार्ने धम्की आएको छ। लेखक सलमान रुस्दीमाथि भएको आक्रमणविरुद्ध अभिव्यक्ति दिएकी पोर्टरलाई अब तिम्रो पालो भन्दै ट्वीटरमार्फत धम्की आएको हो।
पोर्टरले गत शुक्रबार रुस्दीमाथि आक्रमण भएपछि ट्वीटरमार्फत निन्दा गरेकी थिइन्। हलिउड स्टुडियो वार्नर ब्रोज डिस्कभरीले पनि पोर्टरमाथि आएको धम्कीको निन्दा गरेको छ। रुस्दीमाथि आक्रमण भएलगत्तै ह्यारी पोर्टरले लेखेकी थिइन्, ‘यतिबेला निकै कठिन महसुस गरेकी छु। उनलाई मुक्त हुन देऊ।’
असिफ अजिज नामक ट्वीटर प्रयोगकर्ताले पोर्टरलाई मेन्सन गर्दै अब तिम्रो पालो भन्दै लेखेपछि पोर्टरले ट्वीटरको सहयोग मागेकी थिइन्।
वार्नर ब्रोजले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी जेके रोलिङमाथि भएको धम्कीको निन्दा गर्छौंं। हामी उनीसहित सबै लेखक, सिर्जनाकर्ता र कथाकारसँग उभिएका छौं, जसले साहसपूर्वक आफ्ना रचनात्मक विचार व्यक्त गरिरहेका छन्। हामी यतिबेला सलमान रुस्दी र परिवारसँग सहानुभूति राख्छौं।’
७५ वर्षीय लेखक रुस्दीलाई आइतबार भेन्टिलेटरबाट निकालिएको छ र उनी अहिले बोल्न सक्ने भएका छन्। आइतबार नै राष्ट्रपति जो बाइडेनले पनि रुस्दीमाथि भएको आक्रमणको विरोध गरेका छन्।