अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने २ जना पक्राउ

काठमाडौं - अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ सोह्रखुट्टे बस्ने २६ वर्षीयमोहमद फाजिल र दक्षिणकाली नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् । इन्स्ट्राग्राम मार्फत क्धभभतदबपभचथ)लउ नामक एकाउन्ट बनाई गाँजा प्रयोग गरीकेक रकुकिज बनाई बिक्री गर्ने गरेको भन्नेसूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वनरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं सोह्रखुट्टेबाटपक्राउ गरेको हो । 

उनीहरूले ललितपुर महानगरपालिका–१३ स्थित एकान्त कुनामा घर भाडा लिई प्रयोग गर्दै आइरहेकोकोठाबाट गाँजा १ किलो १ सय ग्राम,डाँठसहितको गाँजा१ किलो ५ सय ६८ ग्राम, केक १ किलो ९ सय ग्राम, बटर ९ सय ग्राम, कुकिज १ किलो ३ सय २४ ग्राम,माईक्रोओभन १ थान,डिजिटल तराजु १ थान, बेकिङ पाउडर, चक्लेटको फ्लेभर लगायतका विभिन्न सामग्रीहरू समेत प्रहरीले बरामद गरेको छ । उनीहरूले विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केक र कुकिजकाविभिन्न प्रकारहरू बनाई अनलाइन डेलिभरीमार्फत आफ्नो अवैध कारोवार संचालन गरिरहेका प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

यसअघि गाँजा मिसावट गरी अवैध रूपमा केकको विक्री गर्ने काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई सोही ब्यूरोबाट खटिएको प्रहरीले पुस २० गते पक्राउ गरेको थियो । मानन्धर गाँजाको धुलो, तयारी केकको झोल लगायतका सामानसहित पक्राउ परे पश्चात उनीहरूले पहिले कारोवार गर्दै आइरहेको custombakery.np नामक पेजलाई परिवर्तन गरी sweet bakery.np पेज बनाई कारोवार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×