वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ।

नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए। यसअघिको तुलसीपुर–१७ को वडा सदस्य भएर काम गरेका चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उनलाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो।

चार दिनअघि काठमाडौं ल्याइएका उनको उपचारका क्रममा मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×