काठमाडौँ - वार्षिक पुण्यतिथिको अवसरमा बागलुङ नगरपालिका–३ स्थित धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ।
बागलुङ नगरपालिका–३ स्थित सोही विद्यालयका पूर्वशिक्षक स्वर्गीय घनश्याम शर्मा र श्रीमती बलावती शर्माको नाममा ‘श्री घन बल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ। विद्यालयमा अध्ययनरत जेहेन्दरा विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि स्वर्गीय बाबाको १३औं वार्षिक पुण्य तिथिका अवसरमा विद्यालयमा रु. एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ।
विसं २०३५ देखि यस धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालयमा सेवारत घनश्याम शर्मा विद्यालयमै कार्यरत हुँदाको बखत २०६५ मा निधन भएको थियो। उनको स्मृतिमा आमा वलावती शर्माकोसमेत नाम जोडेर अक्षयकोष स्थापना गरिएको छोरा तथा ‘श्री घनबल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ कोषका संरक्षक हिमालप्रसाद शर्माले जानकारी दिए।
उक्त कोषको व्याजबाट प्रत्येक वर्ष कक्षा १ देखि १२ सम्मका १२ जना विद्यार्थीलाई दुई हजारका दरले छात्रावृत्ति प्रदान गरिनेछ। यस्तै, पुरस्कार स्थापनाको दिनमा राष्ट्रिय परीक्षा बोर्ड २०७८ मा सर्वाधिक अङ्क ल्याउने तीनजनालाई नगदसहित सम्मान गरिएको थियो।