बक्स अफिसमा असफल कंगनाको ‘धाकड’

काठमाडौँ - बलिउड अभिनेत्री कंगना रणावतको बहुप्रतिक्षित फिल्म ‘धाकड’ प्रदर्शनमा आएको ४ दिन भएको छ। स्पाई विधामा आधारित रहेको यो फिल्ममा कंगनाले अभ्नीको भूमिका निभाएकी छन्।  उनी एक रिसाहा जासुसको भूमिकामा देखिएकी छन्। 

प्रदर्शनको समयमा निकै चर्चा बटुले पनि कंगनाको ‘धाकड’ बक्स अफिसमा भने असफल देखियो। फिल्म प्रदर्शन भएको चार दिनसम्म पनि फिल्मले केवल ९० करोड ८१ लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ। फिल्म प्रदर्शनमा आएको पहिलो सप्ताहान्तमा यसले ३ करोड २२ लाख भारतीय रुपैयाँको आम्दानी गरेको हो। सुरुवातमा भारतमा २२ सय फिल्म स्क्रीनमा प्रदर्शन भएको यो फिल्म हाल निकै कम स्क्रीनमा प्रदर्शन भइरहेको छ।

समीक्षकहरु माझमा दृश्यांकनको पक्षबाट यो फिल्म सुन्दर रहेको भन्दै चर्चा कमाइरहेको छ। सय करोड भारतीय रुपैयाँको लगानीमा बनेको यो फिल्मको कमाइले भने साथ दिएको छैन।

फिल्मलाई रजनीश घाईले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री कंगना, दिव्या दत्त,अर्जुन रामपाल लगायत अन्य कलाकारको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×