काठमाडौँ - मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन्। यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ।
मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ। यहाँ गएको २४ घन्टा मात्रयता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ। यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ।
देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। गम्भीर बिरामी भएका केहीको सघन उपचारकक्षमा उपचार भइरहेको छ।