काठमाडौं — साउन महिनामा मात्र बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ८३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार साउन मसान्तसम्म कुल सेयर धितो कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड पुगेको छ, जुन असार मसान्तको १ खर्ब ४० अर्ब ७० करोडभन्दा बढी हो।
१ करोडमाथिका सेयर कर्जा १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। ५० लाखदेखि १ करोडसम्मको कर्जा १६ अर्ब ९१ करोड, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १७ अर्ब ८ करोड, र २५ लाखमुनिको कर्जा ८ अर्ब ७२ करोड रुपैयाँ प्रवाह भएको छ। असारको तुलनामा साउनमा २५ लाखमुनिको सेयर कर्जा सबैभन्दा बढी ६.७ प्रतिशतले वृद्धि भएको देखिन्छ।